१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


एनजीओ र आइएनजीओमाथि सरकारको कडाइ, ‘गलत काम’ गरिरहेको आरोप


0
Shares

काठमाडौं, असार १५ । नक्कली डाक्टरमाथि कारवाही थालेको सरकारले अब गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(एनजीओ/आइएनजीओ)माथि समेत कारवाही गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैरसरकारी संस्थाहरुले गलत काम गरिरहेको तथ्य पुष्टि भएको भन्दै उनीहरुमाथि छानबीन गरी कारवाही गर्न स्थानीय विकास मन्त्रालयले स्थानीय निकायलाई लिखित निर्देशन दिएको हो ।

स्थानीय विकास मन्त्रालयले गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामाथि कारवाहीका लागि सबै जिल्ला विकास कार्यालयलाई आज परिपत्र गरेको हो ।

गैरसरकारी संस्थाहरुको गतिविधिको सूक्ष्म अनुगमन र छानबीन गरी दोषी भेटिएका संस्थामाथि कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

विभिन्न जिल्लामा रहेका एनजीओ र आइएनजीओहरुले दाताबाट करोडौँ रकम लिएको र त्यस्तो पैसाको दुरुपयोग भइरहेको आरोप मन्त्रालयको छ ।

मन्त्रालयले त्यस्ता एनजीओ र आइएनजीओको अनुगमन र कारवाही भएको व्यहोरासहितको प्रतिवेदन केन्द्रलाई बुझाउनसमेत जिल्ला विकास समितिलाई निर्देशन दिएको छ ।

विशेषगरी ती संस्थाहरुले एचआइभी÷एड्सको रोकथाम, लागू पदार्थ दुव्र्यसनीको उपचार, समलिङ्गीमा एचआइभी रोकथाम, बसाइँ सराइ परामर्श जस्ता नाममा जथाभावी खर्च गरेको आरोप मन्त्रालयले लगाएको छ ।

अख्तियारले समेत ती संस्थाले गलत तरिकाले पैसा खर्च गरेको निष्कर्ष निकालेको जिकीर स्थानीय विकास मन्त्रालयले गरेको छ ।

गत ०७२ मंसिरमा एक नागरिकले दिएको उजुरी अनुसार एनजीओ र आइएनजीओहरुले गलत काम गरेको पुष्टि भएको दावी मन्त्रालयले गरेको हो ।