४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


सरकारले ४५ करोडमा किन्यो बैंककमा दूतावास भवन


0
Shares

काठमाडौं, असार १५ । सरकारले थाइल्यान्डको राजधानी बैंककमा रु ४५ करोडमा चार रोपनी जग्गा र त्यसले चर्चेको भवन खरिद गरेको छ ।

उक्त जग्गा र त्यसमा रहेको भवन बुधबार (आज)देखि नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण भएको उक्त दूतावासले जनाएको छ ।

स्थापनाकालदेखि भाडामा रहेको उक्त दूतावास अब आफ्नै भवनमा रहने र त्यसबाट मुलुकको आर्थिकभार घट्नेछ । रासस

फाइल फोटो