
काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा घटेको घटनाबाट सिंगो मुलुक शोकाकुल र सरकार स्तब्ध भएको बताएका छन् ।
व्यवस्थापिका–संसदको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले सो घटनाको निन्दा र भत्सर्ना गरेका हुन् ।
प्रधानमन्त्री ओलीले घटनाका घाइतेको सरकारले निःशुल्क उपचारको प्रबन्ध मिलाएको जानकारी दिँदै तदरुकताकासाथ मृतकको शव नेपाल ल्याउन गरेको कामलाई ओझेलमा पार्ने प्रयास गरेको भनी त्यसको खन्डन गरे । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्