२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


संविधान पुनर्लेखनका लागि तयार नभइ सरकारसँग वार्ता हुँदैन : यादव


0
Shares

काठमाडौं, असार १५ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखनका लागि सरकार तयार नभएसम्म सरकारसँग वार्ता नहुने दाबी गरेका छन् ।

बुधबार राजधानीमा रिपोर्टर्स् क्लबले गरेको कार्यक्रममा उनले ‘३६ पटक वार्ता भैसकेको र प्रधानमन्त्री ओली स्वयंले एकतर्फीरुपमा वार्ता भंग गरेकाले अब संविधान पुनर्लेखनका लागि तयार नभएसम्म वार्ता हुँदैन’–भने ।

उनले विगतका सम्झौताहरुको कार्यान्वयन, मधेस आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा, घाइतेहरुको उपचार, झुटो मुद्दा फिर्ता लिनुपर्नेलगायतका मागप्रति सरकारले चासो नदिएको गुनासो पनि गरे ।