बुटवल, असार १५ । रुपन्देहीमा पनि बुधबार किसानहरुले रोपाइँ गरेका छन् ।
धेरै धान फल्ने जिल्लामध्येको एक रुपन्देहीमा अहिलेसम्म ३० प्रतिशतमात्र रोपाइँ भएको छ ।
समयमै वर्षा भएपनि अझै प्रयाप्त पानी नपरेकाले सबै ठाउँमा रोपाइँ हुन सकेको छैन ।
रुपन्देहीका अधिकांश खेतीयोग्य जमिनमा सिँचाइको अभाव भएकाले खेतीका लागि वर्षाकै पानीमा भर पर्नुपर्ने बाध्यता रहेको छ ।





प्रतिक्रिया दिनुहोस्