
काठमाडौं, असार १५ । गरिब तथा पीडित उद्धार संघले बुधबार काठमाडौंको कालिमाटी क्षेत्रका विपन्न वर्गलाई निःशुल्क खाना खुवाएको छ ।
करिब ८ सय जनालाई खीर, पुरी, तरकारीलगायतका भोजन गराइएको थियो ।
सो संघले हरेक वर्ष असार १५ को अवसरमा विपन्न वर्गलाई भोजन गराउने गरेको पनि जनाएको छ ।
संघमा आवद्ध व्यक्तिहरुले रकम संकलन गरी भोजन खुवाइएको सो संघका अध्यक्ष लक्ष्मीसाह तेलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्