
बैतडी, असार १५ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन् ।
बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३औं भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।
भूकम्प मापन केन्द्र, सुुर्खेतकाअनुसार २ बजेर ५५ मिनेटमा ५ म्याग्निच्यूडको, ३ बजेर ११ मिनेटमा ४.२ म्याग्निच्यूडको, ३ बजेर २८ मिनेटमा ३.८ म्याग्निच्यूडको र ३ बजेर २९ मिनेटमा ३.६ म्याग्निच्यूडको भूकम्प गएका हुन् ।
१३ ओटै भूकम्पको केन्द्रबिन्दू बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयानामा परेको छ ।
भूकम्पपछि स्थानीय जनता घरबाहिर र खुला ठाउँमा जम्मा भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्