२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


एक हजार पद रिक्त हुँदा पनि कांग्रेस कार्यकर्ता बेरोजगार !


0
Shares

काठमाडौं, असार १६ । १३ औं महाधिवेशनपछि नेपाली कांग्रेसमा हजारभन्दा बढी पद रिक्त भएको छ । ठूलो संख्यामा पद रिक्त भए पनि सभापति शेरबहादुर देउवाले विधान अनुसार काम नगर्दा कांग्रेसका नेता–कार्यकर्ता भने काम नपाएर बेरोजगार बन्न पुगेका छन् ।

महाधिवेशनबाट पारित पार्टी विधानअनुसार निर्वाचित सभापतिले कांग्रेसको महाधिवेशन सकिएको दुई महिनाभित्रै सबै निकाय र तहमा मनोनयन पुरा गरिसक्नुपर्ने व्यवस्था छ । तर सभापति देउवाले केन्द्रीय समिति र विभाग प्रमुख पनि किस्ताबन्दीमा गरिरहेका कारण अझै लामो समय कार्यकर्ता बेरोजगार नै बन्नुपर्ने देखिएको छ ।

सभापति देउवाले ४२ वटा विभागमा मनोनयन गर्न बाँकी छ । एउटा विभागलाई पूर्णता दिदामात्र पनि २१ जना नेताले काम पाउँछन् । विभागमा पूर्णता नहुँदा कांग्रेसका ८ सय ८२ कार्यकर्ताले काम पाएका छैनन् । ज्येष्ठ राजनीतिज्ञ सभा, संसदीय बोर्ड, अनुशासन समिति, लेखा समिति, निर्वाचन समितिमा पनि मनोनयन गर्न बाँकी छ । –राजधानी दैनिकबाट