विराटनगर, वैशाख १७ । प्रदेश नम्बर–१ को नाम र राजधानीको विषयले औपचारिकरुपमा प्रदेशसभामा प्रवेश पाउने भएको छ ।
प्रदेश सरकार गठन भएको १४ महिनापछि यो विषयले औपचारिकरुपमा प्रदेशसभामा प्रवेश पाउन लागेको हो ।
प्रदेशसभाले नाम र राजधानीसम्बन्धी प्रस्ताव पेस गर्न सूचना प्रकाशित गरेसँगै दलहरु ती प्रस्ताव लैजाने तयारीमा जुटेका छन् ।
सत्तारुद्ध दल र प्रतिपक्षहरु नाम र राजधानीको प्रस्ताव लाने छलफलमा जुटेका हुन् ।
यही वैशाख १९ गतेसम्म प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुपर्नेछ ।
प्रदेशको नामको सन्दर्भमा कोसी र सगरमाथा बढी चर्चामा छन् भने किरातको चर्चा पनि हुँदै आएको छ ।
यस्तै, स्थायी राजधानीका लागि विराटनगर, धरान, इटहरी, मोरङ र धनकुटाले पनि माग गर्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्