
कञ्चनपुर, असार १६ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–२ की एक बृद्धाले जीवनको उत्तरार्द्धमा आएर नेपाली नागरिकता पाएकी छन् ।
विसं. १९९५ सालमा जन्मिएकी बुदनी चौधरीले २०७३ सालमा आएर ७८ वर्षको उमेरमा नागरिकता पाएकी हुन् । भीमदत्त नगरपालिका–१८ भगतपुरमा बस्दै आएकी बृद्धालाई कञ्चनपुरका एकल महिलाहरुको सहयोगमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकता प्रदान गरेको हो ।
सरकारबाट पाउने सामाजिक सुरक्षा भत्तालगायतका सुविधाबाट बञ्चित हुँदै आएकी चौधरी नागरिकता पाएपछि खुसी भएकी छन् ।
प्रतिक्रिया दिनुहोस्