
कञ्चनपुर, असार १६ । कृषि मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिन आफ्नो दल तयार रहेको बताएका छन् ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रेस सेन्टर कञ्चनपुरले आज गरेको पत्रकार भेटघाट कार्यक्रमा नेता गजुरेलले राष्ट्रिय सरकार निर्माणको समय ढल्की सकेकाले अब दलहरुले एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र त्यस लगतै बनेको एमाले सकरकारले राष्ट्रिय सहमति जुटाउन नसकेको भन्दै उनले अबको बिकल्प माओबादी केन्द्र रहेको दाबीसमेत गरे ।
धान दिवसका दिन गमलामा धान रोपेर आलोचित भएका मन्त्री गजुरेलले आफूले यस विषयलाई सामान्य रुपमा लिएको बताए ।
उनले ‘धान दिवसकै दिन उत्कृष्ठ राष्ट्रपति कृषक पुरस्कार वितरण कार्यक्रममा कर्मचारीले गमलामा धान रोपेर उद्घाटन कार्यक्रम राखेको र आफूले उद्घाटन मात्रै गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्