२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


संसदबाट खुला विश्वविद्यालय विधेयक पारित


0
Shares

काठमाडौं, असार १६ । संसदबाट नेपाल खुला विश्वविद्यालय विधेयक २०७२ पारित भएको छ ।

व्यवस्थापिका–संसदको विहीबारको बैठकले विधेयक पारित गरेसँगै नेपाल खुला विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘नेपाल खुला विश्वविद्यालय विधेयक पारित गरियोस्’ भनेर राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख ओनसरी घर्तीमगरले घोषणा गरिन् ।

मन्त्री पोखरेलले खुला विश्वविद्यालय विधेयक पारित भएपछि १० ओटा विश्वविद्यालय हुने र थप ७ ओटा विश्व विद्यालय स्थापनाको प्रक्रियामा रहेको बताए ।

विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विदेशीको सिको गरेर नभइ आवश्यकताकै कारण खुला विश्वविद्यालय स्थापना गर्नुपरेको बताए ।

संसदबाट पारित यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको ९१ दिनपछि कार्यान्वयनमा आउनेछ ।

यसबाट निजामती कर्मचारी, प्रहरी, सेना, गृहिणीसहित विश्वविद्यालय जान नपाउनेहरुले घरमै बसेर पनि अध्ययन गर्न सक्नेछन् ।
फाइल फोटो