
नवराज छत्कुली (इमेज)
धादिङ, असार १६ । वर्षासँगै चारैतिरबाट आएको पहिरोका कारण धादिङको दुर्गम रि गाविस–९ चेप्राङमा ६ घरका १९ जना पहिरोको बीचमा फसेका छन् ।
पहिरोका कारण आसपासका बस्तीसमेत जोखिममा परेको प्रहरीले जनाएको छ ।
भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका उनीहरु पहिरो गएपछि बुधबार राति ११ बजे भागेर नजिकैको खुल्ला स्थानमा बसिरहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
विहीबार घटनास्थलको निरीक्षण र पहिरोको बीचमा परेकाहरुको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टरसमेत खराब मौसमका कारण धादिङबेसी फर्किएको छ ।
मोटर चल्ने बाटोसमेत नभएकाले सुरक्षाकर्मी पैदलसमेत जानसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
रि गाउँ सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल दूरीमा रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्