१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


नुवाकोटमा बाढीले पक्की पुल भत्कायो, दोलखामा पहिरोले चार घर पुरिए


0
Shares

नुवाकोट, दोलखा, असार १६ । नुवाकोटको तुप्चे गाविसस्थित सलाखु खोलामा बुधबार राति आएको बाढीले पक्की पुल भत्काएपछि पाँच गाविससँग यातायात सम्पर्कविच्छेद भएको छ ।

सलाखु खोलाको बाढीले बहाव परिवर्तन गर्दा सात वर्षअघि निर्माण भएको पुल भत्किएको हो ।

जिल्लाका मनकामना, फिकुरी, काहुले, भाल्चे र साल्मे गाउँ विकास समितिका नागरिकहरुको जनजीवन कस्टकर बन्न थालेको छ ।

पुल भत्किएपछि खाद्य सामाग्री ढुवानी गर्न र गाउँमा उत्पादित सामाग्री बजारमा पुर्‍याउन नसकिएको स्थानीयले बताएका छन् ।

दोलखामा चार घर पुरिए
दोलखामा बुधबार राति गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुरी–३ का दिनेश खड्का, चरित्र खड्का र लालकुमार खड्काको घर पुरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए ।

पहिरोमा आफ्नो अस्थायी आवाससँगै सम्पूर्ण सम्पत्ति र चौपायासमेत पुरिएपछि उनीहरुको बिचल्ली भएको छ ।

सुरीका अझै ४० घर पहिरोको उच्चजोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तस्वीरहरुः कपिलदेव खनाल/इमेज । नुवाकोट ।