१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


रत्न मन्दिरसँगैको हिमागृह भाडामा दिने निर्णयविरुद्ध उत्रिए पोखरेली


0
Shares

पोखरा, असार १६ । फेवाताल किनारको रत्न मन्दिरसँगै जोडिएको हिमागृहलाई भाडामा दिने नेपाल ट्रस्टको कार्यालयको निर्णयको पोखरेलीले विरोध जनाएका छन् ।

जिल्ला जनपरिषद कास्कीको अगुवाइमा विभिन्न संघ–संस्थाले विहीबार पोखरामा विरोधर्‍याली निकाल्दै हिमागृहअगाडि पुगेर विरोधसभा गरेका हुन् ।

विरोधसभामा सहभागीहरुले सरकारले सम्पदाको संरक्षण नगरी व्यापार गर्न खोजेको भन्दै त्यसलाई अविलम्ब रोक्न माग गरेका थिए ।

नेपाल ट्रष्टले हिमागृहको करिब १० रोपनीमा फैलिएको घर–जग्गा भाडामा दिने निर्णय गरेको छ ।