४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


सुनको मूल्य तीन सयले घट्यो


0
Shares

काठमाडौं, असार १६ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा विहीबार सुनको भाउमा सामान्य कमी आयो ।

यसदिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेर ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ५८ हजार ३ सयमा कारोबार भएको थियो ।

विहीबार चाँदीको भाउमा भने बृद्धि आयो । चाँदी तोलमा १० रुपैयाँले बढेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।