१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


जाजरकोटमा बाढीले विद्यालय भवन र शौचालय बगायो


0
Shares

जाजरकोट, असार १६ । जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले विहीबार लहु–४ घुवारामा रहेको जनता प्राथमिक विद्यालयको ६ कोठे भवन र २ कोठे पक्की शौचालय बगाएको छ ।

बुधबारदेखि वर्षे बिदा भएकाले मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

बाढीले विद्यालय छेउमा रहेको खेतमासमेत क्षति पुर्‍याएको छ ।