१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


सम्बन्धित जिल्लामै पठाइयो ‘नक्कली’ डाक्टर


0
Shares

काठमाडौं, असार १७ । प्रहरीले मुद्दा अभियोजनका लागि पक्राउ परेका नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई उनीहरु कार्यरत रहेकै जिल्लामा पठाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका ३५ मध्ये काठमाडौं बाहेकका चिकित्सकलाई उनीहरु कार्यरत रहेको जिल्ला पठाएको हो । पक्राउ परेका एकजना चिकित्सकलाई यसअघि नै जिल्ला पठाइसकिएको छ ।

सिआइबीले नक्कली प्रमाणपत्रधारी चिकित्सक कार्यरत संस्था र अवधिका आधारमा आर्जन गरेको रकमबराबर ठगी गरेको मागदाबीसहित मुद्दा दर्ता प्रक्रिया थालेको हो । सिआइबीका अनुसार सम्बन्धित चिकित्सकको उपचारबाट पीडित भएकाको उजुरीका आधारमा समेत कारवाही अघि बढेको छ ।

नर्भिक अस्पतालका चिकित्सक अरुणकुरमा गुप्ताविरुद्ध तीनजना सेवाग्राहीले किटानी जाहेरी दिएका छन् । –नागरिक दैनिकबाट