
दाङ, असार १७ । जिल्ला भू–संरक्षण कार्यालय दाङले किसानलाई फलफूलका बिरुवा वितरण गरेको छ ।
आँप, लिची, अनार, कागतीलगायतका बिरुवा निःशुल्क वितरण गरिएको कार्यालयका प्राविधिक सहायक दिनेश भट्टराईले जानकारी दिए ।
कार्यालयले ४ हजार ४ सय ४३ गोटा आम्रपाली जातको आँप, २ हजार १ सय १ अन्य आँप, १ हजार ४ सय २६ लिचीको बिरुवा, १ हजार ५० वटा अनार र २ हजारवटा कागतीको बिरुवा वितरण गरिएको जनाएको छ । विपन्न वर्गको आर्यआर्जन बढाउन र हरियाली प्रवर्द्धनका लागि निःशुल्क बिरुवा वितरण गरिएको कार्यालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्