२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


मनोहरा क्षेत्रको जग्गा १७ बर्षसम्म अधिग्रहण भएन (भिडियो)


0
Shares

-दिपक श्रेष्ठ/योगेश लामा(ईमेज)

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विकास र विस्तार गर्ने भन्दै सरकारले मनोहरा क्षेत्र वरपरको जग्गा अधिग्रहण थालेको १७ वर्ष पुग्यो ।

जग्गा अधिग्रहण सुरु भएको लामो समय भइसक्दा पनि मनोहरा जग्गा एकीकरण आयोजना पूरा भएको छैन ।

सरकारले अधिग्रहण सुरु गरेको जग्गामा विगत १५ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएकाहरुले जग्गा खाली गर्न नमानेकाले आयोजनाको काम अघि बढाउन अप्ठ्यारो परेको महानगरपालिकाका पदाधिकारी बताउँछन् ।

व्यवसायीहरुले भने आफूहरुलाई उठीबास गराउन खोजेर राज्यले अन्याय गरेको गुनासो गरेका छन् ।