
धादिङ, असार १७ । उत्तरी धादिङको रि गाविसस्थित चोप्राङ गाँउमा बुधबार रातिदेखि फसेका पहिरो पीडितको अझै उद्धार हुन सकेको छैन ।
वर्षासँगै चारैतिरबाट आएको पहिरोका कारण धादिङको दुर्गम रि गाविस–९ चोप्राङमा ६ घरका १९ जना पहिरोको बीचमा फसेका हुन् ।
पहिरोका कारण आसपासका २० घरसमेत जोखिममा परेको प्रहरीले जनाएको छ । खराब मौसमका कारणले उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी भए पनि नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्