
दार्चुला, असार १७ । अविरल वर्षासँगै गएको पहिरोमा परी दार्चुलामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मालिकार्जुन गाविस–८ का २५ वर्षीय वसन्ती धामी र सर्मोली गाविस–४ का ७२ वर्षीय चन्द्रदेव पन्त छन् ।
गएराति वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै अपी नगरपालिका–१७ काकडामा पनि पहिरोले घर पुर्दा स्थानीय प्रेम सिंह महराकी श्रीमती बेपत्ता भएकी छन् । पहिरोकै कारण भारतसँग सीमा नाका जोडिएको जौैलजिवी प्रहरी चौकी भवनसमेत उच्च जोखिममा परेको छ ।
प्रतिक्रिया दिनुहोस्