४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


सगुनमा विश्वभरबाट लगानीको सुरुआत


0
Shares

काठमाडौं आसर १७ । काठमाडौं देखि क्राउड फण्डिङको लागि प्राइभेट प्लेसमेन्ट मार्फत विश्वभरबाट लगानी खुल्ला गरेको सगुनमा लगानीको सुरुआत भइसकेको कुरा संस्थापक गोविन्द गिरीले बताए । ‘लगानी खुल्ला गरेकै दिन बिहानै देखि विश्वभरबाट इच्छुक नेपाली तथा विदेशीहरुले सगुनको बारेमा जानकारी लिने र लगानीको लागि आवश्यक प्रकृया सुरु गर्न थालेको गिरीले  बताए ।
अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्थापना र लगानी गरि सन् २०१४ देखि सञ्चालनमा आइरहेको  सोसियल इ कमसर्, सगुन, प्राइभेट प्लेसमेन्ट मार्फत विश्वभरबाट लगानी खुल्ला गर्नेे दक्षिण एशिएनहरुको पहिलो स्टार्ट अप कम्पनी हुन आएको छ ।

गिरीले अनुसार यसमा लगानी गर्ने विषयमा विश्वभरका नेपालीहरुले जानकारी र सोधखोज गरिरहेको जानकारी दिए । उनले भने ‘हाल लगानी गर्न इच्छुक व्यक्तिहरुले www.sagoon.com/invest jf www.bankroll.ventures/deal/sagoon/को साइटमा गएर ‘इन्भेस्टर’को रुपमा लग अन गरे पछि सगुनमा नै किन लगानी गर्ने, अन्य सामाजिक सञ्जालहरुभन्दा सगुन कसरी फरक छ, यसका आगामी योजनाहरु के छन् र सगुन कसरी विश्व बजारमा स्थापित हुन सक्छ भन्ने जस्ता सबै जानकारी विस्तृतरुपमा अध्ययन गर्न सकिन्छ । यहि साइटबाट नै इच्छुक व्यक्तिहरुले लगानी गर्न सक्नेछन् ।’

‘प्रवासमा बसेर पनि नेपाल र नेपालीको परिचय थप गर्ने एउटा अयिभान हो सगुन । विश्वमा नेपाल र नेपालीको सामाजिक र आर्थिक परिचय बढाउने, नेपाल र नेपालीलाई नै सगुनको प्रतिफल धेरै भन्दा धेरै उपलब्ध गराउने ध्येय सहित यस कम्पनीमा नेपालीको हिस्सा बढोस् भन्ने चाहेका छौँ । त्यसैकारणले पनि हामी नेपाली समुदायमा जानकारी पु¥याउने र सहकार्य गर्न अनुरोध गरिरहेका छौँ ।’ सगुनका नेपाल स्थित सञ्चार तथा जनसम्पर्क प्रमुख अजयबाबु शिवाकोटीले भने ।

संस्थापक गोविन्द गिरीका अनुसार एनआरएन अमेरिकाले नेपाल र नेपालीको पहिचानलाई विश्व समुदायमा उँचो बनाउने सगुनको अभियानलाई शुभकामना दिंदै यस्तो कार्यको प्रशंसा गरेको छ ।
गिरीका अनुसार सगुनको अभियानलाई सहयोग र हौसला स्वरुप प्राइभेट प्लेसमेन्ट अन्तर्गत एनआरएन, अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले लगानी समेत गरेका छन् ।

अध्यक्ष डा. पौडेलले ‘विश्वका जो कोहि नेपालीले जुनकुनै भूभागबाट भए पनि नेपाल र नेपालीको शान बढाउने काम गर्छन भने एनआरएन तिनीहरुको हौसला र प्रेरणाको लागि सदा तत्पर रहने छ । यसै सिलसिलामा अमेरिकामा नेपालीले स्थापना गरेको सगुन, जसले विश्व बजारमा प्रतिष्पर्धा गर्ने हिम्मत लिएको छ, उसलाइ हौसला प्रदान गर्दै सफलताको कामना गर्दछौँ ।’

हालसम्म कुनै पनि सामाजिक सञ्जालले यसका प्रयोगकर्तालाई आफ्नो नाफाको हिस्सा दिने गरेका छैनन् । तर सगुनले यसको प्रारम्भ गरि सामाजिक सञ्जालको विश्व बजारमा आफ्नो छुट्टै परिचय स्थापना गर्न लागिरहेको छ । सामान्यतया शुरुवाती अवस्थाका यस्ता कम्पनीहरुमा लगानी गर्ने अवसर हामी नेपालीहरुले पाउँदैनौ । तर यो अवसर सगुनले ल्याएको छ । त्यसैले सबै नेपालीहरुले सके लगानी गरौँ, नसके सद्भाव, सहयोग र हौसला प्रदान गरौँ ।’ सगुन टिमले अनुरोध गरेको छ ।