१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


महाकाली नदीमा पानीको बहाव बढ्यो, पुलमा चारपांग्रे सवारी–साधान आवागमन बन्द


0
Shares

कन्चनपुर, असार १७ । अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढ्न थालेको छ ।

पानीको बहाव बढेसँगै पुलमा चारपांग्रे सवारी–साधनको आवागमन बन्द गरिएको छ ।

महाकाली नदीमा शुक्रबार प्रतिसेकेन्ड १ लाख ८५ हजार क्यूसेक पानी पुगेको हो । नदीमा १ लाख क्यूसेक पानी पुगेपछि खतरा मानिन्छ ।

शुक्रबार बिहान १० बजेदेखि बनवासा पुलमा चारपांग्रे सवारी आवामगन बन्द गरिएको र महाकाली तटीय क्षेत्र आसपासका बस्तीमा बाढी पस्ने सम्भावना भएकाले त्यहाँका बासिन्दालाई सर्तक रहन सूचना जारी गरिएको कन्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए ।

यस्तै, जिल्लाका दोदा, मनहरा, स्यालीलगायतका नदीमासमेत पानीको सतह बेढेको छ ।