२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


द्वन्द्वपीडित समाज र अधिकारकर्मीद्वारा आज पनि धर्ना


0
Shares

काठमाडौं, वैशाख १७ । द्वन्द्वपीडित समाज तथा मानवअधिकारकर्मीहरुले संक्रमणकालीन न्याय सुनिश्चित गर्न र सर्वोच्च अदालतको आदेश पालनाको माग गर्दै आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

उनीहरुले सत्य निरुपण तथा बेपत्तासम्बन्धी ऐन संशोधन गरेरमात्र आयोगमा पदाधिकारी नियुक्त गर्न मागसमेत गरेका छन् । सर्वोच्च अदालतले आयोगको ऐन संशोधनका लागि आदेश दिएको तर कार्यान्वयनमा नआएको भन्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितले सरकारलाई दबाब दिएका हुन् ।

कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईंले दण्डहीनताको अन्त्य नभएसम्म आन्दोलन र धर्ना जारी रहने चेतावनी दिए । कम्युनिष्ट सरकारले द्वन्द्वकालिन मुद्दालाई ढाकछोप गरेको उनको आरोप छ ।

ऐन संशोधनबिना आउने पदाधिकारीले द्वन्द्वको समाधान गर्न नसक्ने भन्दै उनले समस्याको समाधान चाँडो गर्न माग गरे ।

द्वन्द्वपीडित तथा अधिकारकर्मीहरुले हिजो पनि प्रदर्शन गरेका थिए ।