१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध


0
Shares

पर्वत, असार १७ । अविरल वर्षाका कारण पर्वतको मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।

सडकखन्डमा पर्ने पर्वतको नाङलीवाङ गाविस–२ खनियाघाटस्थित ज्यामिरे खोलामा आएको बाढीका कारण सडक शुक्रबार दिउँसोदेखि अवरुद्ध बनेको हो ।

खोलाले ठूलोमात्रामा माटो र ढुंगा सडकमा थुपारेका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीबाट छुटेका लामो तथा छोटो दुरीका सवारी–साधान र अरु क्षेत्रबाट ती जिल्लामा भित्रिने सवारी–साधानहरु बीचमै रोकिएका छन् ।