२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु


0
Shares

चितवन । गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२८ भंगाहामा गैंडाले आक्रमण गर्दा ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति गैँडाले आक्रमण गरेको थियो ।

गम्भीर घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।