२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


जिप दुर्घटनामा परी ललितपुरमा तीन जनाको मृत्यु


0
Shares

ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

बागमती गाउँपालिका–३ नयाँगाउँमा हिजो साँझ बा ५ च ५६९६ नम्बरको जिप दुर्घटना हुँदा महोत्तरीको बर्दिवासका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षीया सुनिता लोप्चन र सरिता मोक्तानको मृत्यु भएको हो ।

विशालको घटनास्थलमै तथा सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्टेरिङ फेल भएका कारण जिप दुर्घटना भएको बताइएको छ ।