
इमेज जिल्ला ब्यूरो
काठमाडौं, असार १८ । देशका अधिकांश स्थानमा पानी परेपछि जनजीवन प्रभावित भएको छ ।
ठूला नदीहरुमा पानीको बहाव उच्च भएपछि तटीय बस्ती जोखिममा परेका छन् ।
तर, महाकाली नदीमा बढेको पानीको बहाव भने शनिबार घट्दोक्रममा छ ।
पानीको बहाव प्रतिसेकेन्ड २ लाख ७४ हजार क्युसेक पुगेकोमा शनिबार घटेर १ लाख २८ हजार पुगेको छ ।
यस्तै, वनबासा पुलमा शुक्रबारदेखि बन्द गरिएको चारपांग्रे सवारी–सााधनको आवागमन सुचारु गरिएको छ ।
शनिबार पश्चिमको महाकालीसहित बबई, कर्णाली र पश्चिम राप्तीमा पनि पानीको बहाव बढ्ने सम्भावना भने कायमै गरिएको छ ।
दार्चुला, बैतडी, कन्चनपुर, कैलाली र बर्दिया आसपासमा ठूलो पानीपर्ने सम्भावना रहेको पनि मौसम विज्ञान विभागले जनाएको छ ।
महाकाली तटीय क्षेत्र आसपासका बस्तीमा बाढी पस्ने सम्भावना भएकाले त्यहाँका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाका दोदा, मनहरा, स्यालीलगायतका नदीमा पनि पानीको सतह बढेको छ ।
लगातारको पानीले नारायणी नदीमा पानीको बहाव उच्च भएको छ । बाढी पूर्वसूचना विज्ञ विनोद पराजुलीकाअनुसार स्याङ्जाको बोर्लाङपुल, कास्कीको पन्चासे र ठोरीमा पानीको बहाव बढेको हो ।
बाढीले जलमग्न भएको चितवनको माडी क्षेत्र भने क्रमशः सामान्य हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्