२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


१५ बर्षमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाको मृत्यु


0
Shares

काठमाडौं । पछिल्लो १५ वर्षमा नेपालमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।

जंगली हात्ती संरक्षणका लागि निर्माण गर्न लागिएको कार्ययोजनाको सुझाव संकलन गर्न चितवनको सौराहामा आयोजित छलफलमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरिएको हो ।

जंगली हात्तीको आंतक सबैभन्दा बढी बर्दियामा भएको छ । बर्दियामा १५ वर्षको अवधिमा ३५ जनाले ज्यान गुमाएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

त्यस्तै झापामा २८ जनाले ज्यान गुमाउँदा चितवनमा ११ जनाले जंगली हात्तीको आक्रमणमा ज्यान गुमाएका छन् । सप्तरी र सिरहामा पनि ११–११ जनाको मृत्यु भएको तथ्यांक छ ।

नेपालमा हात्ती संरक्षणसम्बन्धी नयाँ कार्ययोजना निर्माण गर्न चितवनमा कार्यशाला गोष्ठी गरी राय सुझाव संकलन गरिएको हो ।

नेपाल सरकारले हात्ती संरक्षणका लागि पाँच बर्षे कार्ययोजना निर्माण गर्न सरोकारवाला पक्षसँग राय सुझाव संकलन गर्न सुरु गरेको हो ।

उनीहरुले मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्न सहज र सरल रुपमा क्षतिपूर्ति दिने पद्धतीको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।