२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


सत्ता स्वार्थमामात्र लागे संविधान कार्यान्वयन कठीन : सिटौला


0
Shares

पोखरा, असार १८ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहकार्य आवश्यक भएको बताएका छन् ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा उनले दलहरु सत्ता स्वार्थमामात्र लागे संविधान कार्यान्वयन कठीन हुने बताए ।

उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।