Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


बजार परिसूचक र कारोबार दुबैमा सुधार


0
Shares

काठमाडौं, असार १८ । यो साता शेयरबजार सकारात्मक रह्यो । बजार परिसूचक र कारोबार दुबैमा सुधार आयो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८.०६ अंकले बढेर अन्तिम दिन १७२३.२३ अंकमा पुगेको छ । गत विहीबारको तुलनामा ४८ अंकले बृद्धि भएको हो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १५० कम्पनीहरुको दुई करोड २८ लाख कित्ता शेयर ८ अर्ब ३८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

कारोबार रकम गत साताकोभन्दा ७.३२ प्रतिशत बढी हो । गत साता १४७ कम्पनीहरुको १ करोड १० लाख कित्ता सेयरहरु ७ अर्ब ८२ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएका थिए ।

यो साता सबै समूह सकारात्मक रहन गए । समूहगत् परिसूचकअन्तर्गत् विकास बैंक समूह सबैभन्दा उच्च ८० अंकले र बीमा समूह ७३ अंकले सकारात्मक रहे ।

यो साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक सबैभन्दा अग्रस्थानमा रह्यो ।

एभरेष्ट बैंकलाई लुम्बिनी जनरल इन्स्योरेन्स, लेपाल बंगलादेश बैंक, नेपाल एसबीआइ बैंक, एनएमबी बैंकले क्रमशः पच्छ्याउन पुगे ।

यसै साता नेप्सेमा जलविद्युत् लगानी कम्पनीको १० करोड कित्ता र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको २० लाख कित्ता शेयर सूचीकृत भएको एक्सचेन्जले जनाएको छ ।