काठमाडौं, असार १८ । सहकारी दिवसको अवसरमा भिनस बचत तथा ऋण सहकारी संस्था एवं जन बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।
शनिबार काठमाडौंमा आयोजित संयुक्त साधारणसभाले नयाँ संस्थाको अध्यक्षमा दीपकराज दली, उपाध्यक्षमा रघुवरभक्त मानन्धर, सचिवमा नरेन्द्र मानन्धर एवं कोषाध्यक्षमा गोपालकुमार नकर्मीलाई सर्वसम्मतिले चयन गरेको छ ।
साथै सदस्यमा कृष्णप्रसाद मानन्धर, उधोगरत्न तुलाधर एवं शरदभक्त मानन्धरलाई चयन गरिएको छ ।
आगामी साउन १ गतेदेखि भिनस बचत तथा ऋण सहकारी संस्थाको नाममा गणबहाल, काठमाडौंबाट संयुक्त कारोबार प्रारम्भ गर्ने जनाइएको छ ।
एकीकरणपश्चात् संस्थाको शेयर पुँजी १० करोड रुपैयाँ हुनेछ भने कार्यक्षेत्र काठमाडौं, कीर्तिपुरलगायत १० ओटा नगरपालिकामा रहने जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्