
काठमाडौं, वैशाख १६ । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामा निलम्बनमा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका वरिष्ठ क्याप्टेन विजय लामालाई गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै निलम्बन गरेको हो ।
केही समयअघि लामाले एक अनलाइन टेलिभिजनको अन्तर्वार्तामा आफू थकान एवं तनावमा काम गरिरहेको बताएका थिए ।
यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय र मुलुककै नागरिक उड्डयन संगठनको मापदन्डअनुसार हवाई सुरक्षामा आँच आउने सम्भावना देखिएको भन्दै प्राधिकरणले क्याप्टेल लामालाई तत्काललाई जहाज उडाउन रोक लगाएको जनाइएको छ ।
योसँगै निगमले लामालाई प्रवक्ताबाट पनि हटाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्