१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


सुस्तामा भारतीय पक्षको अवरोध, तटबन्धको कार्य रोकियो


0
Shares

नवलपरासी, असार १९ । नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध गरेपछि नारायणी नदीको कटान रोक्न बनाइदै गरिएको तटबन्धको कार्य रोकिएको छ ।

आठ करोडको लागतमा निर्माणाधिन तटबन्धको भारतीय एसएसबीका सुरक्षाकर्मी आएर अवरोध गरेको सुस्ता बचाउ अभियानका अभियन्ता गोपाल गुरुङले जानकारी दिए ।

उनीहरुले भारतीय भूमिमा काम गरेको भन्दै धम्की दिने गरेको पनि गुरुङले बताए । जनताको तटबन्ध अन्तर्गत सुस्तामा तटबन्ध निर्माण गरिन लागेको हो ।

यसैगरी पक्लिहवादेखि सुस्ता जोड्ने झोलुङ्गे पुल निर्माण कार्य पनि भइरहेको छ । सीमांकन भएको एक मिटर टाढाबाट तटबन्ध बनाइदै गरिएको भएपनि निर्माणका लागि ल्याईने सामग्री र अरु काममा बेलाबेलामा अवरोध गर्ने गरेको स्थानीयको गुनासो छ ।