१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


‘आरआर ३१०’ नेपाली बजारमा, हवाईजहाजमा प्रयोग गरिने टायर प्रयोग


0
Shares

काठमाडौं, वैशाख १६ । टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ मोडल सार्वजनिक गरेको छ ।

जगदम्बा मोटर्सले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी टीभीएस ‘आरआर ३१०’ सार्वजनिक गरेको हो ।

३१२ सीसीको यो रेसिङ बाइक उत्कृष्ट इन्जिन क्षमता, अत्याधुनिक विशेषतासहितका चलाउन सजिलो एवं आरामदायी रहेको कम्पनीको दाबी छ ।

हवाईजहाजमा प्रयोग गरिने टायर प्रयोग भएको यो मोटरसाइकल छिट्टै नै युवामाझ लोकप्रिय हुने जगदम्बा मोटर्सका दीपक अग्रवालको दाबी छ ।

यो मोटरसाइकलको प्रतिस्थानीय बजार मूल्य ७ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।