
पर्साको तुलसीबर्वा गाविस वडा नम्बर २ स्थित मनोज हजारीको घरमा आगलागी हुँंदा उनकी चार वर्षीया छोरी राजकुमारी हजाराको जलेर मृत्यु भएको छ ।
आज बिहान खाना पकाउने क्रममा चुल्होबाट सल्केको आगोले पूरै घर ध्वस्त भएको प्रहरीले जनाएको छ । आगो दुई घण्टापछि प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्