२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


पाल्पामा जन्ती सवार जिप दुर्घटना, पाँचजनाको मृत्यु


0
Shares

पाल्पा, वैशाख १६ । पाल्पाको निस्दी गाउँपालिका–७, चारघरेमा जन्ती बोकेको एक जिप दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार साँझ लु१ज १९४१ नम्बरको जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा निस्दी–७ का ४५ वर्षीय खड्गबहादुर सोमै, ५५ वर्षीय देवीलाल खन्गाह, ४५ वर्षीय लालबहादुर सारु, ५७ वर्षीय सन्तबहादुर सारु र चालक बुद्धिवल सोती रहेको प्रहरीले जनाएको छ ।

दुलाहा–दुलहीले भने जिपबाट हामफालेर ज्यान जोगाएका छन् ।

कच्ची सडकबाट जिप करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलिसकेको छैन ।