Logo १३ भाद्र २०८३, शनिबार | Sun Aug 30 2026


जिविस सिरहामा बम विस्फोट गराउने चार वर्षपछि पक्राउ


0
Shares

लहान, असार २० । जिल्ला विकास समिति सिरहाको कम्पाउन्डमा कुकर बम विस्फोट गराइ विगत चार वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला विकास समिति सिरहाको कम्पाउन्डमा कुकर बम विस्फोट गर्ने तथा हातहतियार खरखजाना मुद्दामासमेत संलग्न आरोपमा सिरहाको हाकपरा गाविस–६ निवासी २६ वर्षीय विलक्षण यादवलाई पक्राउ गरेको हो ।

तत्काल जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह)मा आबद्ध भइ २०६८ सालमा कुकर बम विस्फोट गराउने तथा हातहतियार खरखजाना मुद्दामासमेत संलग्न रहेकाले यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

खोजतलास गर्नेक्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको हो । रासस