२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


प्रधानमन्त्री ओलीसँग गोली भरिएको बन्दुक : बिजुक्छे


0
Shares

भक्तपुर, असार २० । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तत्काल सरकार परिवर्तन सम्भव नभएको दाबी गरेका छन् ।

सोमबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको कार्यक्रममा उनले ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोली भरिएको बन्दुक रहेको’ भन्दै ‘वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको नबनाए संसद विघटन गरी निर्वाचनमा जानसक्ने’ बताए ।

ओली सरकारले स्थानीय निकायको निर्वाचनसम्म उपस्थिति जनाउने भन्दै बिजुक्छेले ‘कम्तिमा पनि एक वर्षसम्म वर्तमान सरकार रहन्छ’–भने ।

चीनसँगको सम्झौतापछि भारत बढी सशंकित बनेको भन्दै उनले ‘पुनःनिर्माणमा प्रयोग हुने भौतिक सामग्री भारतबाटै ल्याउने परिस्थिति सिर्जना गर्न पनि सरकार ढाल्न खोजिएको हो’–भने ।