
काठमाडौं, असार २० । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर– १३ चोभारमा आगामी सातादेखि मनोरन्जन पार्क सन्चालनमा आउने भएको छ ।
‘उइपी ल्यान्ड’ नाम राखिएको उक्त मनोरन्जन पार्कबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
६० रोपनी क्षेत्रफलमा फैलिएको पार्क परिवार लक्षित रहेको पार्कका सन्चालक सुधन बस्नेतले जानकारी दिए ।
पार्कमा प्रवेश टिकटमध्ये प्रतिटिकट पाँच रुपैयाँ समाजसेवाका लागि छुट्टयाइने जनाइएको छ ।
पार्क अन्तर्राष्ट्रिय मापदन्डअनुरुप बनाइएको दाबी गर्दै पार्कमा १७ प्रकारका खेलहरु रहने पनि जनाइएको छ ।
पार्कभित्र रेस्टुरेन्ट, फुड सप, गिफ्ट सप, वाटर पार्क, जुरासिक पार्क तथा अरु खेलहरु रहेका छन् ।
पार्क निर्माणमा २५ करोड रुपैयाँको लगानी रहेको दाबीसमेत गरिएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्