
काठमाडौं, असार २० । नेपाली उद्योगको प्रबद्र्धन गर्न कच्चापदार्थ आयातमा लाग्दै आएको कर घटाउन व्यवसायीहरुले माग गरेका छन् ।
नेपाली जुत्ताघरले सोमबारदेखि काठमाडौंमा सुरु गरेको समरसेल मेलामा उनीहरुले स्वदेशी वस्तुको प्रबद्र्धन गर्न आग्रह गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कच्चापदार्थमा लाग्दै आएको कर तयारी वस्तुमा लाग्ने करभन्दा बढी हुँदा स्वदेशी उद्योग अगाडि बढ्न नसकेको जिकिर गरे ।
उनले गत जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट नेपाली उद्योगी–व्यवसायीको हितमा नभएको दाबी गरे ।
नेपाली जुत्ताघरका सन्चालक होमनाथ उपाध्यायले मुलुक नेपाली जुत्तामा आत्मनिर्भरतर्फ उन्मुख भएको बताए ।
सोमबारदेखि सुरु समरसेल मेलामा स्वदेशी ब्रान्डका जुत्ता–चप्पलमा १५ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
जुत्ताघरले दसैं–तिहारमा लागू गरेको उपहार योजना ‘स्क्रयाचमा मनी, बम्परमा बाइक धनी’को लक्की ‘ड्र’को नतिजा पनि सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्