४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


राष्ट्र बैंक ऐन संशोधन गर्न बनेको विधेयकमाथि सुझावसहितको प्रतिवेदन पेस


0
Shares

काठमाडौं, असार २० । व्यवस्थापिका–संसदको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक, २०७१ माथि सुझावसहितको प्रतिवेदन पेस भएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुझावसहितको प्रतिवेदन पेस गर्न गठित उपसमितिले प्रतिवेदन पेस गरेको हो ।

समितिले अर्थमन्त्री विष्णु पौडेललाईसमेत बोलाएर यस विषयमा छलफल गर्ने जनाएको छ ।

विधेयकमा नेपाल राष्ट्र बैंक (दोस्रो) ऐन, २०७१ भन्ने शब्दको सट्टा नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) ऐन, २०७३ भन्ने शब्द राख्ने तय भएको छ ।

बैठकमा कर्मचारी सञ्चय कोष (नवौं संशोधन) विधेयक, २०७१ मा परिमार्जन गर्न बनेको विधेयकमाथिसमेत छलफल भएको छ ।