
काठमाडौं, असार २१ । सरकारले वैदेशिक रोजगार व्यवसायी र केही म्यानपावर कम्पनीको दबाब र प्रभावमा अफगानिस्तानबाट छुट्टीमा आएका कामदारलाई पुनः फर्कन अनुमति दिएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गरी छुट्टीमा आएका कामदारलाई तोकिएको ढाँचामा निवेदन दिन लगाएर पुनः काममा फर्कन अनुमति दिने निर्णय गरेको हो ।
तोकिएको निवेदनको ढाँचामा कामदार आफ्नै इच्छाले गएको व्यहोरा उल्लेख छ ।
अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दुतावासमा काममा जाने क्रममा आतंककारीको विस्फोटमा परी १४ नेपालीको हत्या भएपछि मन्त्रिपरिषदको असार ९ गतेको निर्णयले अफगानिस्तान, सिरिया, इराक र लिबियामा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको थियो ।
मन्त्रिपरिषदले प्रतिबन्ध लगाएको दुई साता नपुग्दै श्रम मन्त्रालयले केही म्यानपावर कम्पनीको दबाबमा परेर छुट्टीमा आएकाहरुलाई काममा फर्कन अनुमति दिएको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्