
गोरखा, असार २१ । गोरखाको केरौँजा–३ मा मंगलबार पहिरोमा परी तीनजनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा केरुजा–३ का ४५ वर्षीया शान्तीमाया गुरुङ, ३० वर्षीया चीनामाया गुरुङ र १६ वर्षीय सन्दीप गुरुङ रहेका छन् ।
पहिरोमा पुरिएका ४० वर्षीय टुंगे गुरुङ, ४० वर्षकै उकाला गुरुङ र १३ वर्षीय सुकाराम गुरुङलाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी वरीष्ठ उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि काठमाडौं लगिँदैछ ।
प्रतिक्रिया दिनुहोस्