४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


विशेष आर्थिक क्षेत्रसम्बन्धी विधेयक संसदीय समितिबाट पारित


0
Shares

काठमाडौं, असार २१ । व्यवस्थापिका–संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले विशेष आर्थिक क्षेत्रको स्थापना, सन्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले विधेयकमा परेका संशोधनमा छलफल गरी विधेयक पारित गरेको हो ।

उक्त विधेयक संसदको बैठकमा चाँडै पेश हुने समितिले जानकारी गराएको छ ।

निर्यात् प्रवद्र्धनका माध्यमबाट मुलुकमा औद्योगिकरणको प्रक्रिया अघि बढाइ आर्थिक क्षेत्र सन्चालन गर्ने विधेयकमा उल्लेख छ ।