४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


सरकारी अनुगमन टोलीलाई तरकारी व्यवसायीले गरे आक्रमण


0
Shares

काठमाडौं, असार २१ । बल्खुस्थित तरकारी पसलको अनुगमन गर्नेक्रममा व्यवसायीले अनुगमनमा खटिएका सरकारी कर्मचारी र पत्रकारलाई मंगलबार आक्रमण गरेका छन् ।

अनुगमन गर्नेक्रममा उक्त तरकारी बजारमा राखिएका तरकारी जोख्ने विद्युतीय यन्त्र लामो समयदेखि जाँच नगरिएको र उपभोक्ताको हितविपरीत रहेको जनाउँदै अनुगमन टोलीले उक्त सामान जफत गर्न थालेपछि व्यवसायीले आफूसँग जे सामान उपलब्ध छ उक्त सामग्रीले अनुगमनकर्तामाथि प्रहार गरे ।

तरकारी बजारमा रहेको झन्डै दुई सय यन्त्र अधिकांश उपभोक्ताको हितविपरीत रहेको अनुगमनकाक्रममा पाइएको छ ।

घटनामा चोटपटक कसैलाई नलागे पनि समाधान प्रहरीले नै गरेको थियो ।

आक्रमणपछि बल्खु तरकारी बजार व्यवस्थापन समिति र अनुगमन समितिका संयोजक रामचन्द्र काफ्लेलगायत टोलीबीच वार्ता गरी मंगलबार नै नियमविपरीतका सबै यन्त्र सिलबन्दी गर्ने र तीन दिनभित्र नापतौल विभागमा लैजानुपर्ने सहमति भएको छ ।

आक्रमण गर्ने सबैले पछि पत्रकार र सरकारी कर्मचारीसँग माफी मागेका थिए । रासस