
रामबाबु खड्का (इमेज)
अपडेटः
सर्लाही, असार २१ । सर्लाहीको मूर्तियामा मंगलबार सुकुम्बासी र प्रहरीबीच झडप भएको छ ।
सागरनाथ वन विकास परियोजनामा अतिक्रमण खाली गर्नेक्रममा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो । झडपमा ८ प्रहरी र १२ जना सुकुम्बासी घाइते भएका छन् ।
घाइतेमध्ये सर्लाही, ढुंग्रेखोलाका सन्जीब बोम्जनको अवस्था गम्भीर रहेको छ । उनलाई हरिवनमा उपचार हुन नसकेपछि भरतपुर ‘रेफर’ गरिएको छ ।
सुकुम्बासीले सागरनाथ वन विकास परियोजनाको जग्गामा अतिक्रमण गरेर लगाएको मकै फाँड्नेक्रममा प्रहरी र सुकुम्बासीबीच झडप भएको हो । प्रहरीले भीड नियन्त्रण गर्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।
सोे क्षेत्रमा करिब ८ हजार परिवार सुकुम्बासीले २९ सय हेक्टर जग्गा अतिक्रमण गरेर खेती गर्दै आएका छन् ।
सागरनाथ वन विकास परियोजनाले सबै अतिक्रमित जग्गा खाली गरेर वृक्षारोपण गर्ने जनाएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्