
काठमाडौं, असार २१ । मंगलबार पनि शेयर बजारमा सामान्य गिरावट आउनेक्रम जारी रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले झरेर १७ सय १३ कायम भएर थामियो ।
बीमा, विकास बैंकलगायतमा उल्लेख्य गिरावट आएसँगै नेप्से ऋणात्मक रहेको हो । बीमा समुहमा सबैभन्दा उच्च ७२ अंकको गिरावट आयो ।
विकास बैंक समूहमा पनि १६ अंकको कमी आयो । वित्त र होटल समूह पनि सामान्य अंकले ऋणात्मक रहे । उत्पादनमूलक, अन्य, जलविद्युत् र वाणिज्य बैंक समूह भने सकारात्मक रहे ।
उत्पादनमूलक समूह २३ अंकले उकालो लागेपनि अरु समूह सामान्य अंकले धनात्मक रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३९ कम्पनीको १९ लाख कित्ता बढी शेयर १ अर्ब ३० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्