१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


एउटै मन्त्रीको पोल्टामा चार सय योजना


0
Shares

काठमाडौं, असार २२ । डाडुपन्यु (सत्ता) हातमा भए के चाहियो ? सिंचाइमन्त्री उमेश यादवले ‘आफ्नै हात जगन्नाथ’ उक्ति चरितार्थ गर्दै गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रलाई बजेट पारेको देख्दा लाग्छ– सत्ता भए केही चाहिन्न, सबै सम्भव हुन्छ ।

मन्त्री यादवले यसपालिको बजेटमा आफ्नो गृहजिल्ला एवं राजनीतिक कर्मथलो सप्तरीका लागि मात्र झण्डै ४ सय नयाँ सिंचाइ आयोजनालाई बजेट पार्न भ्याएका छन् ।

राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयका अधिकारीलाई चर्को दबाब दिदैं उनले बजेटमा थप्न लगाएका करिब ५ सय नयाँ योजनामध्ये सप्तरीका लागिमात्र ३ सय ९४ वटा छन् ।

आगामी वर्षको मन्त्रालय बजेट किताबका ८ पृष्ठ सप्तरीका योजनाले मात्र भरिएका छन् । पुस्तकको ४४ देखि ५१ पृष्ठसम्म सप्तरीकै लागि योजना छन् । अन्य कुनै जिल्लाले तीन पृष्ठ पनि पाएका छैनन् । –नागरिक दैनिकबाट